लयमा फर्कियो शेयर बजार, नेप्से २७ सय अंकमाथि उक्लियो, कारोबार रकम भने घट्यो

  Sampatti News Online

April 2, 2025

 काठमाडौं । एक दिनको करेक्सनपछि शेयर बजारले पुन सुधारको लयमा फर्किएको छ । लगातार तीन दिन बढुदा ११० अंकले बढेको बजारमा मंगलबार करिब १७ अंकको करेक्सन आएको बजार बुधबार २३.८६ अंकले उकालो लागेको छ । 

अाज परिसूचक २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कुल १६६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशत बढ्यो ।

यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, विशाल बजार कम्पनीकाे शेयरमूल्य करिब १० प्रतिशत बढेकाे छ भने उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेकाे छ। यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ५५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ३५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ।

प्रकाशित मिति:April 2, 2025