साताको अन्तिम कारोबार दिन नेप्से ५.५७ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

  Sampatti News Online

April 10, 2025

 काठमाडौं । अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १० अंक बढेर बन्द भएको नेप्से, साताको अन्तिम कारोबार दिन भने सामान्य अंक घटेर बन्द भएको हो। सेयर बजार ५.५७ अंक घटेको छ,  त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ। सो अंकको कमीपछि नेप्से २६७० मा कायम भएको छ ।

दिनभर कारोबारका क्रममा नेप्से अधिकतम २६८७ अंकसम्म पुगेको थियो । कारोबार सुरु भएको १२ मिनेटमै सो अंक समातेको बजार माथि टिक्न सकेन । क वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशत घट्यो ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल माइक्रो इन्स्योरेन्स गत मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो भने क्रेष्ट माइक्रो लाइफ आजदेखि कारोबारमा आएको कम्पनी हो। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस दिन सर्वाधिक ४.३७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रकाशित मिति:April 10, 2025