April 11, 2025
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज एकैदिन तीनहजार ९०० रुपैयाँ बढेको हो ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति:April 11, 2025
April 17, 2025
April 17, 2025