काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । पछिल्ला तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार ९० सय ५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।