काठमाडौँ । मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
चैत २१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा भने १७०० रुपैयाँ घटेर कारोबार भएको हो ।महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत २१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।