April 15, 2025
काठमाडौं । वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २६.५५ अंकले बढेको छ। आज नेप्से ०९९ प्रतिशतले बढेर २,६८८.६३ बिन्दुमा उक्लिएको छ।
कारोबारकै क्रममा दिउँसो १ : ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६९ प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २४ रुपैयाँ ७४ पैसा घटेर २३० रुपैयाँ ४६ पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन बाराही हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको ३६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रकाशित मिति:April 15, 2025
April 23, 2025
April 23, 2025