प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

Nepal Cover
२ बैशाख २०८२, मंगलवार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा.खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले अर्को व्यवस्था नभएसम्मको लागि उपकूलपतिको कार्यभार सम्हालने जिम्मा शिक्षाध्यक्ष प्रा.डा.केसीलाई दिएका हुन् ।

पर्वतका केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका विज्ञ हुन्। यसअघि त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो।

गत बिहीबार कुलपति ओलीले उपकुलपति केशरजंग बरालले चैत १५ गते दिएको राजीनामा स्वीकृत गरेका थिए। बरालले प्रधानमन्त्री केपी ओलीको असहयोग र हस्तक्षेपका कारण राजीनामा दिएको बताएका छन्। उनी २०८० फागुन १० गते उपकुलपति नियुक्त भएका थिए। 

त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ। यो अवधिमा शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरी नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ।