बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

  Sampatti News Online

April 16, 2025

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ८७ हजार हजार रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:April 16, 2025