काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन अर्थात बुधबार रेकर्ड बनाएको सुनको मूल्यले यस दिन सो रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो।
आज सुन प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।