काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य यस दिन सर्वाधिक ४.७९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५० करोडको शेयर किनबेच भएको छ।