कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ ।
गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
अध्यक्ष चौधरीले घरको पर्खाल बाहिरबाट आफूमाथि गोली प्रहार भएको प्रहरीलाई बताएका छन् । उनले घटनाबारे तत्काल प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रहरी युनिटबाट केही बेरमै प्रहरी त्यहाँ पुगेको थियो