तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

Nepal Cover
५ बैशाख २०८२, शुक्रबार
image

काठमाडौँ । संघीय संसद् अन्तर्गतका तीनवटा समितिको आज सिंहदरबारमा छुट्टाछुट्टै बैठक बस्दै छन् ।

संघीय संसद् सचिवालयका अनुसार यी बैठकमा मुलुकको कानुनी संरचना, मानव अधिकार, निजामती सेवा सुधार र संविधान कार्यान्वयनसँग जोडिएका विषयमा गम्भीर छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल गर्ने कार्यसूची छ । 

सोही समयमा सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । 

यस्तैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।