गभर्नर बन्ने पक्कापक्की भएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिए राजीनामा

Nepal Cover
५ बैशाख २०८२, शुक्रबार
image

काठमाडौं ।  गभर्नर बन्ने लबिङमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर नियुक्तिमा उनको नाम चर्चामा रहिरहँदा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा बुझाएका हुन ।

सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच सहमति बनेपछि भट्टले आज बिहान राजीनामा बुझाएका हुन । 

राष्ट्र बैंक ऐनमा कार्यकारी निर्देशकले राजीनामा बुझाउनुपर्ने अनिवार्य व्यवस्था नभए पनि कानूनी जटिलता र विवादरहित हुन भट्टले राजीनामा बुझाएको बताइएको छ । राष्ट्र बैंकको १८ औँ गभर्नरमा भट्टको नाममा कांग्रेस र एमालेबीच सहमति जुटेको बताइएको छ ।