परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै

Nepal Cover
७ बैशाख २०८२, आईतवार
image

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा आज देउवा थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् ।

यही अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना गरिने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (यूएनस्केप)को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग शीर्षक’मा आयोजित सत्रमा सहभागी हुन मन्त्री राणाको नेतृत्वमा परराष्ट्र, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुन लागेका हुन् ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।