काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट पारे ।
‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०(२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन। केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन, ’उनले भने।
उनले एमाले बिनाको देशको कल्पना नगर्न आग्रह गरे। केपी ओली बिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ। एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा। हामी झन् बलियो भएर आउनेछौँ, ’उनले थपे।
प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिहरूले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीहरूबाट परिचालित भएर दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूहरूले आन्दोलनलाई पुनः गठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको बताए।
‘हामी विकास र सुशासनको बाटोमा अगाडि बढेका छौँ। बिग्रिएको स्थापितलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौँ। हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहन्छौँ। आगामी नयाँ बजेट, नीति कार्यक्रम त्यसरुपमा ल्याउँदैछौं, ‘उनले भने।
प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको अवगत गराउँदै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मित्रता रहेको स्पष्ट पारे ।
यता निजामती कर्मचारी परिचालन गरेर भए पनि चैत ११ देखि नै परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ । निर्देशन दिए । त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।
विद्यालय शिक्षा ऐन जारी लगायतका मागसहित नेपाल शिक्षक महासंघको अगुवाइमा २१ दिनदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।