काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात हजार ५०० रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।