लगातार चौथो दिन पनि घट्यो नेप्से, ८ अर्ब ३२ करोडको सेयर किनबेच

Nepal Cover
१० बैशाख २०८२, बुधबार
image

काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ ।

साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२.३८ अंक घट्यो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अंक घटेको छ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ र्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ६४ रुपैयाँ ७० पैसा बढेर ७१२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने यस दिन साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड १९ लाख ८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ५१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ४१ करोडको शेयर किनबेच भएको छ।