रौतहट १९ बैशाख। रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे लाई जिल्लावासी नागरिक द्वारा सम्मान सहीत बिदाई गरिएको छ। उनको१३ महिने रौतहटको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ । कार्यकाल सकेर रवाना हुनु अघी एसपी दिलिप घिमिरेलाई नागरिकले अभिनन्दन सम्मान गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा आयोजित विदाई कार्यक्रममा स्वस्फूर्त रुपमा गाँउ गाँउबाट आएका सैयौं महिला पुरुषहरुले एसपी घिमिरेलाई (अभिनन्दन) सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए। आफ्नो कार्यकालमा शून्य सहनशीलताको नीति लिएर गरेको सेवाले उनी जिल्लाबासीको मन जित्न सफल भएका हुन्। जिल्लाको ईतिहाँसमा लामो समय पछि रवाना लिएर जाने समयमा एसपी लाई नागरिकबाट सम्मान गरिएको हो। पछिल्ला वर्षहरूमा जिल्ला प्रहरी प्रमुखको रूपमा आउने एसपी लाई आउने समय जिल्ला बासीले सम्मान गर्ने र जाने समयमा कर्मचारी मिलन केन्द्रमा सामान्य कार्यक्रमको आयोजना गरी बिदाई गर्ने परम्परा बनेको थियो।
तर एसपी घिमिरेको कुशल नेतृत्व र सौहार्दपूर्ण ब्यवहारले बिभिन्न पालिकाबाट गएका महिला पुरुषले उनलाई टिका, माला र खाँदा लगाएर सम्मान गर्दै उनको खुलेरै प्रशंसा गरेका थिए।
बिगतमा जिल्ला प्रहरी प्रमुखहरूले सादा पोसाकमा घुमुवा राखेर आर्थिक लाभ लिनेगरेको चर्चा चलिरहेको बेला उनको कार्यकाल बिना घुमुवाको सकिएको छ। कार्यालय समय देखी बिहान बेलुका एसपी घिमिरे स्वयं फिल्डमा खटेर सर्वसाधारणको समस्या सुनेर समाधानको प्रयास गरेका थिए। कुनै कसैको समस्या भन्न नेता तथा जनप्रतिनिधि अथवा सिफारिस गर्ने कोही चाहिँदैन म स्वयं जनताको सेवक हूँ उनको धारणा रहेको थियो। त्यही नीतिको कारण जिल्लाको सबै क्षेत्रमा एसपी घिमिरे सफल हुनुका साथै उनको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ। उनको सुक्षम अनुसन्धानले जिल्लामा भएको जघन्य तथा आपराधिक घटनामा संलग्न आरोपीहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सफल भएका थिए।
उनको कार्यकालमा भएको अधिकांस घटनाका आरोपीहरु पक्राउ परेका छन्। ईनै प्रभावको कारण एसपी घिमिरेको कार्यकालमा जिल्लामा आपराधिक क्रियाकलापमा कमी आएको थियो।
एसपी दिलीप घिमिरे २०८० चैत्र २५ गतेदेखि २०८२ वैशाख १७ गतेसम्म जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गरेका छन्।
उनको कार्यकालमा भएको अधिकांस घटनाका दोषीहरु पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुख एवं प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। उनको शून्य सहनशीलताको नीतिले आपराधिक क्रियाकलापमा कमी आउनुका साथै उनको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी, लागुऔषध कारोवार,नियन्त्रण,फरार प्रतिवादी पक्राउ अभियान निकैनै प्रभावकारी देखिएको छ।
बिगतको तुलनामा सवारी दुर्घटना, आत्महत्या जस्ता घटनामा कमि , पिडितलाई न्याय र पिडकलाई सजाय दिई कानुनि राज्यको आभाष दिलाउने, प्रहरी कार्यालयहरुमा दलाल ,बिचौलिया र पञ्चायती प्रथालाई निरुत्साहित गर्ने लगाएत लक्ष्य लिएर कार्य गरेको एसपी घिमिरेले उल्लेख गरेका छन् ।
मुद्दा सम्बन्धी
यस आर्थिक वर्षको साउन देखी चैत मसान्तसम्म जिल्लाभरीमा कुल ७ सय २४ वटा विभिन्न प्रकारको मुद्दा दर्ता भएको छ । सो मध्ये तीन ७० मुद्दा फर्छ्यौट भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। सोही अवधिमा ५ सय ६८ जना आरोपीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ भने विभिन्न घटनामा संलग्न ३ सय ६८ जना अझै फरार रहेको उल्लेख छ।
चेकजाँचको क्रममा २९ वटा चोरीको सवारी साधन बरामद गरिएको छ भने चोरीमा संलग्न ३१ जनालाई पक्राउ गरी कारबाही दायरामा ल्याईएको छ।
राजश्व सङ्कलन तर्फ
जिल्ला प्रहरी तथा मातहतका सम्पूर्ण युनिटहरूले विभिन्न किसिमको अवैध सामानहरू बरामद गरी कुल ४ करोड ५ लाख ६८ हजार ४४४ रूपैयाँ राजस्व सङ्कलन गरेको प्रगति विवरणमा उल्लेख छ।
भन्सार छलीका समान ओसार पसार गर्न प्रयोग गरिएको साइकल ३१, मोटरसाइकल २४४, पिकअप ३, सिटी रिक्सा १०, स्कारपियो ४ सहितका सवारीसाधन बरामद गरी भन्सार कार्यालय गौर र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको एसपी घिमिरेले जानकारी दिए ।त्यस्तै बिभिन्न सामानको तस्करीमा संलग्न ११४ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको उल्लेख गरिएको छ।
सोही अवधिमा स्रोत नखुलेको २५ लाख रुपैयाँ सहित हुण्डी कारोबारमा संलग्न ४ जना लाई पक्राउ गरी कारबाही गरिएको छ। त्यस्तै अबैध काठ १६८.८५ क्युफिट,२९ सवारी साधन, मानिस ३ जना पक्राउ र बालुवा सहितको ३ ट्याक्टर बरामद गरी कुल ८४ लाख ,५४ हजार ७०० रुपैयाँ राजश्व संकलन गरिएको उल्लेख छ।
त्यस्तै गत साउन देखी चैत मसान्तसम्म ९ महिनाको अवधिमा जिल्ला स्थित ट्राफिक प्रहरीले सवारी नियम बिपरित चलेका लाई गरेको कारवाही बाट कुल १करोड १४ लाख ९८ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको उल्लेख छ।
लागूऔषध तर्फ
गाँजा १४६किलो३०० ग्राम, खैरो हेरोइन २ ग्राम ५०० मिलिग्राम, नशालु इन्जेक्सन ५३४ एमपुल, ट्याब्लेट सिरप गरी ३०४ थान बरामद गरिएको छ। लागुऔषध कारोवारमा संलग्न २२पुरुष , १महिला गरी २३ जनालाई कारवाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ।
फरार प्रतिवादी
फैसला कार्वान्यनको सिलसिलामा अदालत बाट दण्ड सजाय तोकिएर फरार रहेका ५६८ जना र वारदात पश्चात ३९४ जना गरी जम्मा ९६२ जना लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ।
एसपी घिमिरेको निर्देशन र प्रहरीको सक्रियताले उनको कार्यकालमा जघन्य प्रकृतिको मुद्दामा ५० प्रतिशत भन्दा बढि कमी आएको छ भने सवारी दुर्घटना र आत्महत्याको घटनामा समेत उल्लेखनीय कमी आएको बताइएको छ।
४१ बर्षदेखिको सांप्रदायिक विवादको टुंगो
जिल्लाको दक्षिणीभेग भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका ६ खाप घिउरा टोलमा ४१ बर्ष देखिको हिन्दू मुस्लिम बिच सम्प्रदायिक विवादको अन्त गरिएको छ।
खाप घिउरामा प्रत्येक बर्ष श्रावन महिना लाग्ने महाविरी मेलाको झण्डा घुमाउन र माघ महिनामा हुने सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु समुदायको मानिसहरु मुस्लिम टोल हुदै गाँउ परिक्रमा गर्ने क्रममा साम्प्रदायिक बिवाद हुँदै आएको थियो।
मुस्लीम समुदायका मानिसहरुले मुस्लिम बस्ती हुदै उक्त मुर्ती र झण्डा लैजान नपाउने भनि विगत बर्षौ देखि बाटो अवरोध गर्दा हिन्दु र मुस्लिम बिच सम्प्रदायिक हिंसा हुदै आई रहेको थियो । अघिल्लो वर्षमात्रै त्यही बिषयमा बिवाद हुँदा कैयौ दिनसम्म कर्फ्यू लगाइएको थियो भन्ने प्रदेशभरीको सुरक्षा अधिकारीहरु केन्द्रित भएका थिए।
एसपी घिमिरे सहीत जिल्लाका सुरक्षा अधिकारीको प्रयासले हिन्दु र मुस्लिमको मानिसहरु मेलमिलाप गराई २०८१ सालको महाविरी मेलाको झण्डा घुमाउन र सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु समुदायको मानिसहरु एक आपसी सद्भाव कायम गरी बाजागाजा सहित हर्षोलासका साथ मुस्लिम टोल हुदै गाँउ परिक्रमा गरी झण्डा घुमाउन र मुर्ति बिसर्जन गर्न सफल भएको थियो।
रौतहटको ईतिहाँसमा पहिलो पटक शून्य सहनशीलताको नीति लिएर आफ्नो कार्यकाल पूरा गरेको एसपी दिलीप घिमिरेको चर्चा बुद्धिजीवी माझ चलेको छ। आर्थिक प्रलोभनमा परेका कैयौं प्रहरी अधिकृत लाई उनले विभागिय कारवाहीको सिफारि गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सञ्जय मिश्रा
