काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँ कारोबार हुदाँ आज ६०० रुपैयाँले वृद्धि भएर १ लाख ८४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
तर, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी आज तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।