काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ।
उनको स्थानमा सहसचिव नारायण रिसाललाई महोत्तरीको सिडिओको जिम्मेवारी दिइएको छ। मन्त्रालय स्रोतका अनुसार, स्थानीय व्यक्ति भएको कारण कवारीले राजनीतिक गतिविधिमा संलग्न भएको गुनासो बढ्दै गएको थियो।
मन्त्रालयले सम्झाउँदा पनि सुधार नभएको र दिनदिनै गुनासो आउन थालेपछि उनलाई फिर्ता बोलाइएको हो। अवकाश हुन केही महिना मात्र बाँकी रहँदा कवारीले राजनीतिक आधार बनाउन खोजेको भन्ने आरोपसमेत लागेको छ समाचार छ। यसअघि पनि प्रशासनकै नासु घुससहित पक्राउ प्रकरणमा महोत्तरीका सिडिओ लालबाबु कवारीलाई गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण सोध्नुपरेको थियो।
त्यसअघि महोत्तरी जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा समेत मारेको थियो । नयाँ जिम्मेवारी गएका रिसाल बर्दिया र नुवाकोट जिल्लामा प्रजिअको भुमिकामा रहि कुसलता पुर्वक आफनो समय बिताएर जनताको मन जितेर आउनुभएको प्रजिअ रिसाल महोत्तरीले पाएको छ।