काठमाडौं । सशस्त्र प्रहरी बलमा एआईजीको लागि सूचना प्रकाशन भएको एक साता बितिसक्दा पनि बढुवा समितिको बैठक बस्न सकेको छैन । बढुवामा अस्वस्थ चलखेल हुँदा बढुवा निस्कन नसकेको बताइएको छ।
गत १४ बैशाखमा नै बढुवा समितिले फारम भर्न सूचना निकालेको थियो । सात दिनभित्र फारम भर्न भनिएको थियो । त्यो अवधि सकिएपछि पनि बढुवा समितिको बैठक बस्न नसकेपछि चलखेलको आशंका झनै बढेर गएको छ ।
रिक्त पदमा चार डीआईजीबीच चर्को प्रतिस्पर्धा छ । जसमा गणेश ठाडा मगर, कमल गिरी ,कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन् । उनीहरुमध्ये पनि कलम गिरी र गणेश ठाडाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
दुवै जनाको गृह मन्त्रालयले पृष्ठभुमी केलाउन थालेको छ । जसक्रममा गिरी विगतमा मेडिकल व्यापारी दुर्गा प्रसाई निकट भएको खुलेको छ । प्रसाईको पनि ससुराली गिरी हुन् ।
चार वर्ष पहिला प्रसाईको माओवादी र एमाले दुवैसँग निकटता थियो । प्रसाईको समेत सहयोगमा उनी पूर्व क्षेत्रमा सरुवा भएको स्रोत बताउँछ । पूर्व क्षेत्रमा हुँदा कार्यक्षमता पनि कमजोर रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउछन् ।
त्यतीबेला उनले असई सिकेन्द्र कुँवर, सहायक हवल्दार प्रदिप कार्की, सई गणेश खड्का, बरिष्ठ हवल्दार भिम कार्की, प्राधिधिक बरिष्ठ हवल्दार भिमबहदुर अधिकारी लगायतलाई घुमुवाका रुपमा परिचालन गरी असुलेको आरोप लागेको थियो ।
त्यस्तै तालिममा पनि गिरी कमजोर रहेको खुलेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार आधारभुत तालिममा सहिष्णुता, चाँदमारी प्रथमसहित गणेश ठाडा मगर सर्वोत्कृष्ट भएका थिए भने गिरी अन्तिमबाट दोस्रो भएका थिए ।
यद्यपी पछि चलखेलका आधारमा गिरी बढुवामा अघि परेका थिए । त्यसलाई अहिले सच्याउने सम्भावना भएकाले ठाडा मगरको पक्षमा माहोल बनेको छ ।
गिरी सप्तरीमा एसपी हुँदा विवादमा परेका थिए । डिउटीमै मदिरा पिउनेदेखि मातहतका प्रहरीलाई कुटेर उनी विवादमा तानिएका थिए । त्यसबेला उनीविरुद्ध मानव अधिकार आयोगमा समेत उजुरी परेको थियो ।
हाइटीमा कार्यरत रहँदा पनि उनी मदिराकाण्डमै कारबाहीमा परेर नेपाल फकाईएका ९रिपाट्रीएट० थिए । यसरी राष्ट्रसंघीय मिसनबाट कारबाही गरेर फकाईएका व्यक्ति सशस्त्र नेतृत्वमा पुग्दा संगठनकै बदनाम हुने जोखिम रहेको सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।
अहिले बढुवा हुने एआईजी दुई वर्षपछि आईजीपी हुने भएकाले पनि बढुवामा तिव्र टक्कर छ । सहमति हुन नसकेमा एउटा दरबन्दी थप्नेबारे पनि छलफल चलिरहेको छ । डिआइजी ठाडा मगर जहाँ जहाँ बसे सबैको मन मात्रै जितेनन संगठनको गरिमा उच्च बनाउन उनले खेलेको भुमिका यो बढुवाको समय विभिन्न हिसाबले चर्चा हुन थालेको देखिन्छ ।