पर्वत अधिवेशनमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते

Nepal Cover
२४ बैशाख २०८२, बुधबार
image

 पोखरा । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ ।

युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् ।

एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए ।