काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक आज ६२.२५ अंकले बढेर २ हजार ६ सय ७३.६९ को विन्दुमा कायम भएको छ । यो २.३८ प्रतिशतको वृद्धि हो ।
आज ३ सय ८ धितोपत्रको ९९ हजार ३ सय ५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।
आज नेप्से सँगै कारोबार रकम पनि बढेको छ । दिन २४५ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
यस दिन झण्डै आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, पिपुल्स हाईड्रोपावर कम्पनी र जानकी फाइनान्सको शेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ ।
कारोबारमा आएका कम्पनीहरु मध्येमा सबै भन्दा धेरै मूल्य घट्नेमा न्यादी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४.४३ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाईड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५९ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख भन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।