काठमाडौं । व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् । बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर भई अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।
मंगलबार स्वयम्भूबाट पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार पठाएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
काठमाडौं महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाललाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो । २०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो ।
काठमाडौँमा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई २०७८ फागुनमा पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर धरौटीमा रिहा भएका अग्रवाल फैसलापछि भने फरार रहँदै आएका थिए ।