काठमाडौं । सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ ।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ। आज (बुधबार) दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा भारत–पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको मन्त्री लेखकको सचिवालय स्रोतले जानकारी दिएको छ ।
छलफलमा सीमा क्षेत्रमा निगरानी र जाँच कडा पार्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र अवैध घुसपैठ रोक्न समन्वयात्मक रणनीति अपनाउने विषयमा निर्णय भएको छ ।