भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुस सहित पक्राउ गरिएको कार्यालय प्रमुख विनीता भट्टराईले बताईन् ।
अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरबाट घुससहित नियन्त्रणमा लिइएको भट्टराईले बताईन् । पक्राउ परेका बानीयाँमाथि थप अनुसन्धान भईरहेको छ ।