काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।
बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन्। आजको बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका काम कारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने जनाइएको छ ।