काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा अपचलनमा जिल्ला सरकार वकिल कार्यालयले काठमाडौँले मुद्दा दर्ता गरेको छ। महान्यायाधीवक्ता कार्यालयले मंगलबार उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहितलाई मुद्दा चलाउने निर्णय गरे लगत्तै जिल्ला सरकारी वकिल कार्यालयले काठठमाडौँले मुद्दा दायर गरेको हो। ठगी मुद्दामा वैद्यसहित १७ जनालाई प्रतिवादी बनाइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले रिता सिंह, तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्ण शंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल र प्रचण्डराज प्रधानलाई विपक्षी बनाएको छ। त्यस्तै मुद्दामा रामकाजी गुरुङ, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रविणराज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई र भारतीय नागरिकहरु अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयलाई पनि विपक्षी बनाएको छ।
लिज अवधि १७ वर्ष बाँकी छदै अध्यक्ष वैद्यले संगठनको २९ रोपनी ४ आना जग्गा बृहस्पति सदन नामक कम्पनीलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने निर्णय गरेको थियो।
अनाथ बालबालिकाको हेरचाह र रेखदेखका लागि पञ्चायतकालमा स्थापना भएको बाल मिन्दरको महत्वपूर्ण जग्गा कौडीको भाउमा हत्याएर त्यसबाट लाखौँ फाइदा लिने काम भएको सिआइवीले गरेको अनुसन्धानमा उल्लेख छ। सिआइवीको अनुसन्धानकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार मुद्दा दर्ता गरेको हो।
संगठनले बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि।सं। २१३१ सालसम्म लिज ९सस्तो भाडा दर०मा दिने गरी भएको सम्झौता खारेज गरेको थियो।