काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय आवास कम्पनीमा करारमा कार्यरत इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले इन्जिनियर सुमन खनालविरुद्ध आयोगले विशेषमा आरोपपत्र दायर गरेको हो ।
खनालले करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ तह र नेपाल इन्जनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।
