प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

Nepal Cover
२६ बैशाख २०८२, शुक्रबार
image

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । 

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै, बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।