काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो

Nepal Cover
१ जेष्ठ २०८२, बुधबार
image

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको बताइएको छ ।

उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए। 

आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिक रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो। आगलागी बिहान १० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो। 

करिब तीन घण्टासम्म लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको प्रहरीले बताए। जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औधोगिक क्षेत्रको एक गरी छ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।