आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
२ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौँ । आज एकै पटक तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअन्तर्गत बिहान सवा ८ बजेदेखि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बसिरहेको छ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ।

बिहान ११ बजे बस्नेछ । बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन, अन्तरक्रिया लगायत समितिको कार्य योजना कार्यान्वयन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।