आयल निगमका निर्देशक पौडेललाई संक्रमण पुष्टि

  Sampatti News

October 2, 2020

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वाव दिएर होम आइसोलेनमा बसेको तीन दिन अर्थात बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु । सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन’, उनले भने ।

निगमले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति:October 2, 2020