गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

Nepal Cover
८ जेष्ठ २०८२, बुधबार
image

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बेलुकी मात्रै सरुवा भएर गृह पुगेका भट्टराईलाई अख्तियारको टोलीले मन्त्रालयबाटै नियन्त्रणमा लिए लगेको हो।

उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए।