लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

Nepal Cover
१० जेष्ठ २०८२, शुक्रबार
image

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ। 

  न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो। रिटमाथि सुनुवाइ सकिएकाले सम्भवत: आजै लामिछानेलाई थुनामै राखिराख्ने किन थुनामुक्त गर्ने भन्ने विषयमा आदेश आउनेछ।

लामिछानेको रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिटमाथि पनि सुनुवाइ सकिएको हो। लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। सहकारी ठगी प्रकरणमा लामिछानेसँगै पूर्वडीआईजी जोशीविरुद्ध नारायणबहादुर राई समेत ४४ जनाको जाहेरीको आधारमा सरकारका तर्फबाट मुद्दा दायर भएको थियो। दुवै मुद्दा एकैसाथ राखेर सुनुवाइ भएको हो।