आफूखुसी गैरहाजिर भएका २१ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन (नामावलीसहित)

Nepal Cover
१२ जेष्ठ २०८२, आईतवार
image

काठमाडौं । आफूखुसी गैरहाजिर भएका २१ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) आइतबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

यदि यो सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।