३० मिनेटका लागि स्थगित भएको संसद् डेढ घण्टासम्म पनि सुरु भएन

Nepal Cover
१४ जेष्ठ २०८२, मंगलवार
image

काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा अझै सुरु हुन सकेको छैन ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका हुन् ।

उनीहरू उच्चस्तरीय छानबिन समिति बनाएर गृहमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् । गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नसक्ने भन्दै विपक्षी दलका सांसदले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

सत्तापक्षका सांसदहरूले भने आफूमाथि लागेको आरोपबारे जवाफ दिन गृहमन्त्री उपस्थित भएकाले उनलाई बोल्न दिनुपर्ने बताएका छन् ।
बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा छन् ।