गभर्नर पौडेलको याेग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता

Nepal Cover
१४ जेष्ठ २०८२, मंगलवार
image

काठमाडौँ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
विशाल थापासहितका अधिवक्ताहरुले आज रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई पनि प्रतिवादी बनाइएको छ ।

यसको पेसी बुधबारका लागि तोकिएको छ। । यसअघि पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्चले दरपीठ गरेको थियो ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् । निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।

यसअघि पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्चले दरपीठ गरेको थियो ।