काठमाडौँ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा आफूहरूको एकसूत्रीय माग रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अभियुक्तले पत्रकारहरूसँग कुरा गर्दै अभियुक्तले जवाफ नभई अख्तियारसमक्ष बयान दिनुपर्ने प्रस्ट्याए। गृहमन्त्री लेखकको राजीनामाबाहेक आफूहरूको अन्य माग नरहेको उनको भनाइ छ।
‘माननीय गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले बयान दिने हो, जवाफ दिने होइन । किनभने उहाँ अब अभियुक्त हुनुभयो । अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनको कठघरामा गएर अख्तियारले बोलाएको वेलामा गएर बयान दिने,’ उनले भने, ‘जवाफ दिने होइन, राजीनामा दिनुपर्छ । राजीनामा हाम्रो प्रस्ट माग छ, त्यभन्दा दायाँबायाँ थाहा छैन।’