काठमाडौं । सोमबार (जेठ १२) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
निर्णयहरू सार्वजनिक गर्दै उनले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवातर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै बिज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
निर्णयहरू :


