दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुधारियो

Nepal Cover
१५ जेष्ठ २०८२, बुधबार
image

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो । 

बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

 यस दिन नेप्से सूचक सहित कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । पछिल्ला केहि दिनमा कारोबार रकम निरन्तर रुपमा घटेको थियो ।

जेठ १५ गते बिहीबार अर्थमन्त्रीले संसदमा बजेट सार्वजनिक गर्दैछन । बजेटमा शेयर बजारको पुँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता दिनेमा लगानीकर्ता आशावादी रहेका छन् ।

यस दिन कारोबारमा आएका मध्ये २ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८५ प्रतिशतले बढेर कारोबार भएको हो ।

त्यस्तै, यस दिन बाराही हाईड्रोपावरको सार्वधिक घटेर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य ५.२६ प्रतिशतले घटेको हो भने क्रिष्ट माईक्रो लाईफ इन्स्योरेन्सको ५.१० प्रतिशतले शेयर मूल्य घटेर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन एक अर्ब ५ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ६० करोड ६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।