राजसंस्था पक्षधर प्रदर्शनमा घुसपैठ 

Nepal Cover
१६ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौँ । राजधानीका विभिन्न स्थानबाट राजसंस्था पक्षधरहरूको जुलुस रत्नपार्क आउने क्रम जारी छ।

सोही क्रममा रत्नपार्कमा राजसंस्था पक्षधरको आन्दोलनमा घुसपैठ गरेको भन्दै २ जनालाई प्रहरी नियन्त्रणमा बुझाइएको छ।

केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको आन्दोलनकारी पक्षले जानकारी दिएको छ।