काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका डीआईजी गणेश बहादुर ठाडा मगर एआईजीमा बढुवा सिफारिस भए सगै मातहतका प्रहरीले खुसी व्यक्त गरेका छ्न्। त्यसो त बढुवा सिफारिस भएका ठाडा मगरको बढुवा सिफारिसको खबर सुन्ने नागरिक समाज समेत खुसी भएको देखिन्छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना समेत बढेको देखिन्छ ।
सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछ्न। एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए। उनीहरू एकसाथ डीआईजी भएका थिए।
कमल गिरीले आफूलाई वरियतामा १ नम्बर छँदा पनि छुटाइएको भन्दै असन्तुष्ट जनाएका छन्।
गिरिले कतिपय पत्रकार समेत परिचालन गरेको सशस्त्र प्रहरीका नायब प्रहरी उपरीक्षकले सम्पत्ति न्युजलाई नाम नबताउने शर्तमा बताए ।
उनका अनुसार वरियतामा ठाडा मगर २ नम्बरमा थिए भन्नुमा कुनै दम देखिदैन। असन्तुष्टि जनाएका गिरी पनि एसएसपी हुँदा ५ नम्बरमा थिए। राजनीतिक चलखेल गरेर उनी डीआईजीमा १ नम्बरमा बढुवा भएका उनको भनाइ छ।
हिजोका दिनमा आफैँले सिस्टम बिगारेर आएका उनी अहिले वरियताको कुरा उठाएर सङ्गठनलाई विवादमा ल्याउने प्रयास गरिरहेको उनको कुराको चौतर्फी बिरोध छ।एआईजी बन्न आवेदन दिनेमा ठाडा मगर र गिरीसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए । एआइजिमा बढुवा भएका ठाडा मगर संगठन भित्र एकेडेमी र नतिजा दिनसक्ने काबिल ब्याक्तित्वको रुपमा परिचित छन्।
