काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग टंगालमा कार्यरत प्रहरी नायब महानिरीक्षक(डीआईजी) हेरफेर भएको छ ।
अख्तियारमा कार्यरत रहेका डीआईजी हिमालय कुमार श्रेष्ठको काठमाडौं उपत्यका अपराध कार्यलय रानीपोखरी सरुवा भएको छ ।
उनको ठाउँमा हालै एसएसपीबाट डीआइजीमा बढुवा भएका ओम बहादुर रानालाई पठाइएको छ ।
गत मङ्सिर १३ गतेको निर्णयअनुसार राना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए।