काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजसंस्था पक्षधरको चौथो दिनको आन्दोलनबाट सुरक्षाकर्मीले थापालाई पक्राउ गरेको छ।
राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।