सरकार र यातायात व्यवसायीबीच वार्ता जारी

Nepal Cover
२० जेष्ठ २०८२, सोमबार
image

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ । गृह मन्त्रालयमा केही बेर अघिदेखि दुई पक्षबीच छलफल सुरु भएको हो ।

वार्तामा  यातायात व्यवसायी संघ, संगठन र महासंघका पदाधिकारीहरु सहभागी भएका छन् । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। 

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज  देशभर सार्वजनिक यातायातका साधनहरू सञ्चालन नगरेपछि  यात्रुहरूले ठूलो असुविधा भोगिरहेका छन्।

काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दूरीका सवारी साधनहरू चलेका छैनन्। सडकहरूमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू फाट्टफुट्ट चलेका देखिए पनि सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरू भने पूर्ण रूपमा बन्द छन्।