सामान्य अङ्कले बढ्यो नेप्से, कारोबार रकम ९ अर्बमाथि

Nepal Cover
२० जेष्ठ २०८२, सोमबार
image

काठमाडौं । बजेट घोषणापछिको सेयर बजार १.६० अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६९४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ९ अर्ब २२ करोडको भयो । कुल ११५ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो । यस दिन दुई सेक्टरमा आकर्षण देखिएको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३१ प्रतिशत बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ५४ करोड नाघेको छ।