काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दैछ ।
पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बस्ने बैठकमा पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध सर्वोच्चले छानविन गर्न आदेश दिएको विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बुधबार सर्वोच्च अदालतले सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो ।
आचार्यका अनुसार बुधबार सर्वोच्चको संवैधानिक इजलासले सापकोटाको विषयमा गरेको फैसलालाई माओवादीले त्यति नकारात्मक रुपमा लिएको छैन ।