नेपालविरुद्धको मुद्दा राजानीतिक प्रतिशोधमा लगाइए : पाण्डे

Nepal Cover
२३ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधव नेपालविरुद्धको मुद्दा राजानीतिक प्रतिशोधमा लगाइएको दाबी गरेका छन् ।
नीतिगत निर्णयले गरेका कामलाई भ्रष्टाचार मुद्दा लगाउने हो भने संसद्का धेरै बिदा हुनुपर्ने उनले बताए ।

हाम्रो नेताको कुनै अपराध छ जस्तो लाग्दैन । २८ गते संवैधानिक निकायबारे फैसला हुनु र यो सँगै भएको छ, यो राजनीतिक प्रतिशोध हो ।”

प्रधानमन्त्रीलाई नीतिगत निर्णय गर्न पाउने अधिकार संविधानले दिएको उनले बताए । “यसैगरी मुद्दा लगाउने हो भने संसद्‍मा भएका धेरै बिदा हुनुपर्ने हुन्छ । अहिले हाम्रो अध्यक्ष रौतहटमा हुनुहुन्छ, हामी बैठक बसेर धारणा सार्वजनिक गर्छौं उनले भने ।

यसरी मुद्दा लगाउने हो भने कोही पनि प्रधानमन्त्री नबच्ने र मन्त्रिपरिषद्ले अब कुनै ठूलो निर्णय गर्न नसक्ने उनको भनाइ छ ।

पतञ्जलीसँग सम्बन्धित जग्गा प्रकरणमा आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।