काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ ।
आज ३११ वटा कम्पनीको एक करोड ७१ लाख आठ हवार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिद बिक्री हुँदा सात अर्ब ९७ करोड आठ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार आएको हो । अघिल्लो दिन बुधबार ३१३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर ५९ हजार १३० पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य पनि करिब १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोडबराबरको शेयर खरिदबिक्री भएको छ।